Thursday, December 29, 2022

ड्रिम्स

जीवन सधैं उस्तै नहुदो रहिछ। हिजो चालेका ति पाइलाहरु आज सगै चाल्न पाएको भए साँच्चै जिवनमा कती उल्लाहास आउथियो होला जस्तो सोचेर कहिले कही पुरै रातहरु सोच्मन्य भएर बितेको बिहानिको सुनौलो घाम को किराणाले थाहा दिदा मन नै खिन्न भएर आउछ । तर अखिर के नै गर्न सकिदो रहिछ र, ति पल सम्जिनु बाहेक । तर जिवन सधै निराश मा सक्नपनी नहुने, अनि खुशी हुने धेरै बाहानाहरु खोज्दा खोज्दै कहिले कहाँ रुमलियो कहिले कहाँ, कहिले अचम्म मान्यो, कहिले निराश्, अनि कहिले उर्जवानपनी । समय सगै यादहरुपनी धमिलिदै जादो रहिछ ।अनी कहिले कही एकान्त पाउदा ति धमिलिन खोजेका याद हरुलाई खोल्तछु । अनि सबै याद्का टुक्राहरु जोड्दै अफैमा रमाउछु र सधै भित्र भित्र रोईरहेको मनलाई धित मरुन्जेल आखाँ बाट छताछुल्ल हुन दिन्छु । एकछिन त मन हल्का भए जस्तै भान हुन्छ तर त्यो र केवल एउटा भ्रम थियो । समय धेरै बिती सकेको भए पनि त्यो अनामनगर हुँदै रामशाह पथ को बाटो, बानेश्वोर रामेश्वोर मिठाई पसलकाे दाहिने बाट भित्र गएको त्यो घुमौरो गल्लि, दक्षिणकाली को उकालो, भक्त्पुर को साङा, याद सबै छन तर अधुरा । हुन त बितेक ति पल अब फर्किन्नन बस ति यादहरु नमेटिउन । यस्तै यस्तै याद हरु खोतल्दै जाँदा बाटोमा अनेक मान्छेहरू ठोकिन्छन्, कोई हाँस्छन्, कोई ठुस्किन्छन् त कोई रिसाउँछन्। तैपनि सबलाई हाँसेरै टार्छु। कोसिस गर्छु मेरो कारण उसको दिन नबिग्रियोस्, मेरो कारण उसको अरु प्रतिको स्वभाव परिवर्तन नहोस्। यस्तै गर्दा गर्दै जिन्दगीका आधा हरफहरू सकिन थाले। खुसी हुने कारणहरु अनेक खोज्छु। सधैं अरूलाई खुसी बनाउने प्रयत्न गर्दा गर्दै आफू खुसी हुने दिन सम्झिन मन लाग्छ, एक्छिन घोतलिन्छु, सोच्छु। जति नै गम खाए पनि आफू खुसी भएको दिन निरक्योल गर्न नसकेको देख्दा आखिर जिन्दगीकाे बोझ लागेर कतै भारी बिसाउने ठाउँ पाए पनि हलुका हुन्थ्यो कि जस्तो लागेर आउँछ। जिन्दगीका धारहरु परिवर्तन हुँदै जाने रहेछन। ओहो आज त मिटिङमापो जानु छ, झस्स सम्झिन्छु, हतार हतार नारायणघाट देखि जनकपुर जान हिँडेको गाडी रोक्न पुग्छु अनि सौराहा चोक सम्म लगिदिन आग्रह गर्दै यात्रा सुरु गर्छु। करिब करिब १३ किलोमीटर काे यात्रा पछि ओर्लिएर जादै गर्दा गाडीको सहचालकले बोलाएको देख्दा अच्चम मान्दै के भयो दाई भन्दै सोध्न मात्रै लागेको के थिए "भाडा दिन पर्दैन भन्दै झरकियो"। कति हुस्सु म, कल्पनामा रमाउँदा रमाउँदै भाडा नदी ओर्लिए छु। मुसुक्क हाँस्दै ५० रुपियाँ दिएर नरिसाउनु है हजुर भनेर म फेरि टेम्पो खोज्न तिर लागे। येसो घडी हेरेको त १० बज्न २० मिनेट मात्रै बाँकी रहिछ। धन्न हिँड्नै लागेको टेम्पो रहिछ समयमै मीटिंग अटेन्ड गर्न सक्छु भन्ने लाग्यो। अनि फेरि अगी जस्तै भाडा दिन भुलुला भनेर १०० रुपियाँ चढ्न साथ नै दिए। लगभग १५ मिनेट जातिमा देबौली, अमृतचोक, चित्रसरी पुल हुँदै मेरो मीटिंग तय भएको ठाउँ बछयौली आइपुगेछ। टेम्पो बाट ओर्लिए र आफ्नो गन्तव्य तिर हिँडिरहे। अचम्म लाग्यो, अहिले सम्म जान मन भएर पनि समय नमिलेको ठाउँ जनकपुर; भगवान राम सीताको बिहे भएको पावन स्थल; जानकी मन्दिर, अज सधैं पानीमा डूबिरहने महादेवको मूर्ति भएको ठाउँ, जलेश्वर मनमा घुमिरहे, कारण मात्र त्यो बस जसमा मात्रै १३ किलोमीटर यात्रा गरेको थिएँ। जिन्दगी पनि कस्तो है, कहा जाने मान्छे, कुनै पूर्व सूचना बिना आफ्नो रहर पूरा गर्न आए जस्तो टुपुक्क आइपुग्छ नत्र जनकपुरको साटो मलाई इटहरी, धरान, झापा, इलाम वा मेची सम्मै पुग्ने बस मिल्नु पर्ने नी तर अहँ मिलेन त्यो। त्यसैले कहिले काही आफूले सोच्यो भने मनै मनमा पनि घुम्न पाइन्छ भनेर स्वर्गवास हुनु भएका पूजनीय हजुरबुवा लाई सम्झिन्छु र आकाश तिर हेर्दै नमस्कार गर्छु। यो सब क्रियाकलाप सँगै हिँडेको बटुवाले नियाली रहँदा मलाई ट्वाल्ल हेर्दै मेरो बाटो काटेर गयो। मैले पनि उसलाई वास्ता नगरी अगी बढे। कोरोनाले पुरै व्यापार लगभग धरासायी नै बनिसके पछि बल्ल अलि अलि तंग्रिन लागेको हस्पिटालिटि सेक्टरमा म आवद्ध थिए। जीवन शैली सामान्य जस्तै फर्किन लागेको देख्दा खुसी लाग्थ्यो तर साथै सरकारले हामी लगानीकर्तालाई हेर्ने दृष्टकोणमा नल्याएको परिवर्तन देख्दा मन खिन्न पनि हुन्थ्यो। अवस्था सामान्य हुँदै गए पनी आन्तरिक र बाह्य पर्यटकहरुको आगमन खासै बढेको थिएन र यही बेला एकजना मेरा विदेशी मित्रले जुराइदिनु भएको त्यो मीटिंग मेरा लागि एकदम खास थियो। वहाँहरु १७ जनाको टोली बनाएर नेपालमा लगभग २० दिन जति छुट्टी मनाउन आउनु भएको रहिछ। ती मित्र, जो सँग मेरो पहिलो भेट मेरै होटल, होटल द ड्रिम्समा भएको थियो करिब ४ वर्ष अगी जति। आफू धेरै कल्पनामा हराउने भएकोले होटलको नाम पनि ड्रिम्स नै राखेको थिए मैले। त्यो दिन म मेरो एकदम मिल्ने साथी सँगै बसेर रेष्ट्रो लाउन्जमा व्हिस्की खादै गफिदै थियौ, अचानक एकजना अधबैँसे विदेशी सुक्क सुक्क गर्दै रोएको आवाजले हामी दुवै जनालाई तान्यो र म ऊ तर्फ लागे। सुरुमा उसको निजी जीवनमा घोच पेच दिनु उचित हुँदैन कि ठानेर अड्किए तर पछि सोचे, विचारा आफ्नो देशबाट हाम्रो देशमा पाहुना हुँदै गर्दा रुनै पर्ने गरी आइलागेको समस्याको मैले यकिन गर्नै पर्छ। नजिकै गएर मलिन आवाजमा " I'm sorry, Anything wrong" भनेर सोधे, उसले खाली "No, Thank you" भनेर जवाफ फर्कायो। उँ खास खुल्न नचाहे पछि मैले पनि धेरै खोजी निधि नगरी "Take Care, Have a good day" भन्दै निस्किए। साथी संग पुग्दै गर्दा, "के भएको रहिछ कुहिरेलाई" भनेर सोध्यो र मैले "खोइ केही भनेन" भनेर भनिदिए र यतिकैमा साथीको फोन आएर निस्कियो। साँझको समय थियो, प्रायः सधैं जसो होटलमा बारबेक्यू भै रहन्थ्यो। म एउटा ग्रुप सँगै बसिरहेको थिए। एकछिनपछि दिउँसो लाउन्ज मा भेटिएको विदेशी "Can I join you guys" भन्दै आयो र मैले पनि पाहुनालाई नाई भन्नु हुँदैन भनेर " Why not? For sure" भनेर उसलाई कुर्सी तानेर दिए।

1 comment:

मिलन

भित्तेपात्रोमा माघ महिनाको पाना पल्टीसकेको थियो। मौसम चिसो भएपनि आज बिहानदेखीनै घामका किरणहरु बादललाई छल्दै सहरलाई घमाइलो बनाइरहेको थियो। न्...